होमसमाचारअमेरिकामा नेपाली भाषा साहित्य सम्मेलन

अमेरिकामा नेपाली भाषा साहित्य सम्मेलन


काठमाडौँ : भदौ १८ र १९ गते (२०१९ सेप्टेम्बर १-२ तारिख) अमेरिकाको बोष्टन शहरमा अन्ताराष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन आयोजना भएको थियो।
गैह्रआवासीय नेपाली सङ्घ अन्ताराष्ट्रिय समन्वय परिषद् भाषा तथा साहित्य उपसमितिले उक्त सम्मेलन आयोजना गरेको हो।

 

सम्मेलनले ६ बुँदे घोषणा सार्वजनिक गरेको थियो। सम्मेलनमा तीनवटा कृति विमोचन गरिएको थियो । १‍. अन्तरदेशीय नेपाली कथाहरू, २. नेपाली मुक्तकमा नारी हस्ताक्षर मुक्तक संग्रह र Distant Sunrays विमोचन गरिएको थियो।


बोष्टन घोषणा- २०७६
१‍. भानुजयन्तीलाई अन्ताराष्ट्रिय नेपाली भाषा साहित्य दिवसका रूपमा निरन्तरता प्रदान गर्ने।
२. साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्नु हुने साहित्यकारहरूलाई नेपालमा आमन्त्रण गरी पर्यटन वर्ष २०२० मा आमन्त्रण गरी अन्नपूर्ण वा सगरमाथा आधारशिविरमा विश्वसाहित्य सम्मेलन गर्ने।
३. प्रत्येक महादेशमा नेपाली भाषाका कृतिलाई त्यहाँका स्थानिय भाषामा अनुवाद गरी प्रकाशन गर्ने।
४. प्रति दुई वर्षमा नेपाली भाषा साहित्यको अन्ताराष्ट्रिय सम्मेलन गर्ने।
५. प्रवासमा रहेर नेपाली भाषा साहित्यमा निरन्तर योगदान गर्ने साहित्यकार र विधाको सूची तयार गर्ने।
६. प्रवासमा रहेर नेपाली भाषा साहित्यमा निरन्तर सेवा गर्ने साहित्यकारहलाई सम्मान गर्ने।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

error: Content is protected !!