होमसमाचारभूटानी मूलका नेपालीले अमेरिकामा बनाए नेपाली पात्रो

भूटानी मूलका नेपालीले अमेरिकामा बनाए नेपाली पात्रो

एशियामाला न्यूयोर्क

भूटानबाट सन् २०१५ बाट अमेरिका पुनर्वासित ज्योतिषी पदमलाल ढकालले नेपाली पञ्चांग निर्माण गरेका छन्।

नेपाली समाजलाई आफ्ना धार्मिक, सांस्कृतिक र सामाजिक चाडपर्व मनाउन पञ्चांग/पात्रो आवश्यक हुने गरेको छ। समस्त देवकार्य तथा पितृकार्यहरू सम्पादन गर्न पञ्चांग नभई हुँदैन। त्यसमा पनि विदेशमा हुने नेपालीहरूका लागि यो धार्मिक र सांस्कृतिक संहिता नै सिद्ध भएको छ।

भारतीय, नेपाली र बंगलादेशीले समेत अमेरिकामा स्थानीय समयलाई आधार मानेर पञ्चांग बनाउन नसकेका वेला भूटानबाट अमेरिका पुनर्वासित नेपाली भाषीले गरेका छन्।

नेपाल, भारत र बंगलादेशबाट गएर लामो समयदेखि अमेरिका बसोवास गर्दै अएका छन्। लाखौँ नेपाली भाषी अमेरिका र क्यानडामा बस्दै आएका छन्। उनीहरूले नेपालकै पात्रो लगेर हुबहु प्रयोग गरिरहेका थिए। कैयौँले अझैसम्म गरिरहेका पनि छन्। भारतीय, नेपाली र बंगलादेशीले समेत गर्न अमेरिकामा स्थानीय समयलाई आधार मानेर पञ्चांग बनाउन नसकेका वेला भूटानबाट अमेरिका पुनर्वासित नेपाली भाषीले गरेका छन्। यो भूटानी मूलका नेपाली भाषी र नेपालबाट अमेरिका आएका व्यक्तिका लागि पनि गौरवको विषय हो।

सन् २००८ पछि त्यहाँ नेपालका शरणार्थी शिविरमा भएका लगभग एक लाख भूटानी शरणार्थीलाई विभिन्न देशमा पुनर्वास गराइयो। ज्यो. पदमलाल ढकाल पनि यसै क्रममा नेपालिस्थत शरणार्थी शिविरबाट अमेरिका आएका थिए। नेपालको पात्रो हेरेर अमेरिकामा प्रयोग गर्दा भौगोलिक दूरीका कारण सटीक निर्णय हुन सम्भव थिएन। नेपालको पञ्चांगलाई आधार मान्दा चाडपर्व र कर्महरू सम्पन्न नभएको पत्तो लगाएपछि उनले स्थानीय सूर्योदयलाई ध्यानमा राखी नेपाली पात्रो बनाउने अठोट गरे।

ढकालले नेपालबाट अमेरिका १० घण्टा ४५ मिनटको फरक हुने हुनाले यहाँ स्थानीय सूर्योदयका आधारमा बनाइएको पात्राका आधारमा मात्र हाम्रा चाडपर्व र तिथि श्राद्ध गरिनु शास्त्र र विज्ञान सम्मत रहने बताए।

भाषा र संस्कृतिकै कारण देश छोड्नुपरेका उनलाई चाडपर्वलाई शास्त्रीय सम्मत मनाउनुपर्ने विषय खट्किरहेको थियो। त्यसैले ढकालले अमेरिकाको पूर्वी समयलाई आधार बनाएर अमेरिका र क्यानडाका समस्त नेपाली भाषी समुदायलाई प्रयोग हुने गरी “मारुतिनन्दन पञ्चांग”को निर्माण गरे।

यो पात्रोलाई “ज्योतिष एवम् आध्यात्मिक अनुसन्धान केन्द्र’ नामक संस्थाले प्रकाशन गर्दै ल्याएको छ। यस संस्थाका निर्देशक डा. लक्ष्मीनारायण ढकालका नेतृत्वमा यो कार्य सम्पन्न भइरहेको छ। साथै यो संस्थाले त्यही पञ्चांगमा आधारित मारुतिनन्दन भित्तेपात्रो पनि प्रकाशित गर्दै आएको छ। उक्त भित्ते पात्रोमा विशेष चाडपर्वहरूको महत्व र उपयोगिताका बारेमा छोटो जानकारी पनि प्रकाशित गरिएको हुन्छ।

यो भूटानी मूलका नेपाली भाषी र नेपालबाट अमेरिका आएका व्यक्तिका लागि पनि गौरवको विषय हो।

अमेरिकामै जन्मिएका हुर्किएका बालबालिकाले पनि नेपाली भाषा न भुलून् भनेर भानुभक्त, देवकोटा लगायतका कविहरूको चित्र सहित परिचय र नेपाली वर्णमाला पनि समावेश गरिएको हुनाले यसले भाषिक र साहित्यिक भित्ते पत्रिकाको पनि भूमिका खेलेको छ।

भूटानी समाज र नेपाली समाजका थुप्रै ज्योतिर्विद्हरू, धर्मशास्त्रका ज्ञाताहरू र चिन्तकहरूको सल्लाह र परामर्शमा उक्त पञ्चांग प्रकाशित गरिने गरेको छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

error: Content is protected !!