होमसमाचारअन्ताराष्ट्रियदीपावली मनाउन होडबाजी : बाइडेन कात्तिक ७ र ट्रम्प कात्तिक ४ मा...

दीपावली मनाउन होडबाजी : बाइडेन कात्तिक ७ र ट्रम्प कात्तिक ४ मा लक्ष्मीपूजा मनाउँदै

वासिङटन : अमेरिकी राष्ट्रपति जो बाइडेनले कात्तिक ७ (अक्टोबर २४) मा ह्वाइट हाउसमा दीपावली (लक्ष्मीपूजा) मनाउँदै छन्।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कात्तिक ४ (अक्टोबर २१) मा फ्लोरिडास्थित आफ्नै रिसोर्ट मार-ए-लागोमा मनाउने भएका छन्।

बाइडेनले भारतीय अमेरिकी समुदायका प्रतिष्ठित सदस्यहरू र आफ्नो प्रशासनका सदस्यहरूसँग लक्ष्मीपूजा मनाउने योजना बनाएका छन्। कात्तिक ७ मा ह्वाइट हाउसमा हुने समारोहमा फर्स्ट लेडी जिल बाइडेन पनि सहभागी हुनेछिन्।

ह्वाइट हाउसमा मनाइने दीपावलीका बारेमा विस्तृत जानकारी भने अझै सार्वजनिक गरिएको छैन।

यसैबीच रिपब्लिकन हिन्दू गठबन्धन (आरएचसी) ले ट्रम्पले आफ्नो पार्टीका सदस्यहरू र भारतीय-अमेरिकी समुदायका नेताहरूसँग कात्तिक ४ गते मार-ए-लागो रिसोर्टमा दीपावली मनाउने मंगलबार राति जानकारी दिएको छ। आरएचसीका शलभ कुमारले यो विषयमा चार घण्टा लामो छलफल भएको बताए।

एशियाली समुदायको प्रभाव बढ्दै गएपछि अमेरिकामा पनि लक्ष्मीपूजामा दीपावली गर्न थालिएको छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

error: Content is protected !!