होमसमाचारएनआरएनए सम्मेलन अक्टोबर १५ देखि १७

एनआरएनए सम्मेलन अक्टोबर १५ देखि १७

काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्वसम्मेलन अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने भएको छ।
नेपाली पात्रोअनुसार असोज २८ गतेदेखि ३० गतेसम्म हुने उक्त सम्मेलनमा उम्मेदवारी दिने क्रम बढेको छ।
हाल दैनिकजसो विभिन्न उम्मेदवारी घोषणा गरिन थालेका छन्। यसकै तयारीका लागि विभिन्न देशमा निर्वाचन भइरहेका छन्। सबैभन्दा बढी सदस्य संख्या भएको बेलायत शाखामा निर्वाचनका क्रममा विवाद भएको थियो। केही दिन त्यहाँ मतदान स्थगित पनि गर्नुपरेको थियो। पछि बेलायतमा अध्यक्षका दुवै उम्मेदवार मत गणना अघि बढाउन सहमत भएपछि समस्या टु‌ंगिएको थियाे।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

error: Content is protected !!