होमसमाचारईयू प्रतिबन्धको खिल्ली

काराकास : भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले यूरोपीय संघ (ईयू) द्वारा लगाइएको प्रतिबन्धको खिल्ली उडाएका छन्।
उनले ईयू अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको इशारामा चल्ने संस्था भएको आरोप लगाए। मादुरोले सञ्चारकर्मीसँग भने, ‘म यूरोपेली संघको प्रतिबन्धको मतलब गर्दिनँ । यो प्रतिबन्ध देखेर मलाई हाँसो लाग्छ।’ ट्रम्पको असफल नीतिका पछि ईयू लागेको पनि उनले दाबी गरे। ईयूले भेनेजुएलाका सात गुप्तचर अधिकारी र सुरक्षा अधिकारीलाई शुक्रवार प्रतिबन्ध लगाएको थियो। सत्ता पल्टाउन खोजेको आरोपमा पक्राउ परेका राफेल आकोस्ताको मृत्युमा ती अधिकारी जिम्मेवार भएको ईयूको आरोप छ। राष्ट्रपति मादुुरोलाई सत्ताच्युत गर्ने प्रयास असफल भएपछि नौसेनाका अधिकारी आकोस्तालाई पक्राउ गरिएको थियो। विपक्षी दलका नेता हुँवा ग्वाइदोले मादुरोको सरकार ढाल्न आन्दोलन गर्दै आएका छन्। उनले आफूलाई भेनेजुएलाको राष्ट्रपति घोषणा पनि गरेका छन्। ग्वाइदोलाई यूरोपेली र अमेरिकाले समर्थन गरेका छन्। रूस, चीन लगायतका देशले भने मादुरोलाई नै समर्थन जारी राखेका छन्। यूरोपेली संघले प्रतिबन्ध लगाउनुभन्दा एक दिन पहिले अमेरिकाले थप प्रतिबन्ध लगाएको थियो। –एजेन्सी

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular