होमसमाचारएनआरएन नेतृत्वमा कुमार

काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएन)को नवौँ विश्वसम्मेलनले कात्तिक १ गते (अक्टोबर १८)मा कुमार पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

सम्मेलन असोज २८-३० गते (अक्टोबर १५-१७) मा हुने भने पनि एक दिन बढी लम्बिएको थियो। २९ गते हुनुपर्ने निर्वाचन विद्युतीय मेसिनमा गडबडी आएको भन्दै स्थगित गरिएको थियो। ३० गते मतपत्र मार्फत मतदान गरिएको थियो। १ गते दिउँसो परिणाम सार्वजनिक गरिएको हो।

अध्यक्ष पदका लागि बेलायतका कुल आचार्यले समेत उम्मेदवारी दिएका थिए । पन्त १२१७ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी आचार्यले १०७० मत ल्याएका छन् ।

अध्यक्ष:- कुमार पन्त (जर्मनी)-१२१७
उपाध्यक्ष:- डा. बद्री केसी (रूस)- ११६३
उपाध्यक्ष:- अर्जुनकुमार श्रेष्ठ (बेल्जियम) -१०२६
उपाध्यक्ष:- सोनाम लामा (अमेरिका) -८९८
उपाध्यक्ष:- मन केसी (अष्ट्रेलिया) -९६१
महिला उपाध्यक्ष:- रविना थापा (अमेरिका) -१२३२
महासचिव:- डा. हेमराज शर्मा (बेेेलायत) -११३९
सचिव:- गौरी जोशी (अमेरिका)-९१६
सचिव:- आरके शर्मा (मध्यपूर्व,कतार)-८६८
कोषाध्यक्ष:- महेश श्रेष्ठ (जापान)-१६५३
सहकोषाध्यक्ष:-लोक दाहाल-११८४
महिला संयोजक :- भोमादेवी लिम्बूू-७०२
युवा संयोजक :- हिमाल गुरुङ-७६८

यसैगरीम मध्यपूर्वक्षेत्रका संयोजकमा प्रवीन गुरुङ, दुई उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल निर्विरोध निर्वाचित भएका हुन्। महिला संयोजकमा सुमित्रादेवी पौडेल र युवा संयोजकमा राजु रेग्मी पनि निर्विरोध चयन भए।

यसैगरी अफ्रिका क्षेत्रको संयोजकमा रोशन थापा र महिला संयोजकमा मनकला थापा निर्विरोध निर्वाचित भए। एशिया प्रशान्त क्षेत्रको संयोजकमा गोविन्द श्रेष्ठ २१७ मत पाई विजयी बने। दुई उपक्षेत्रीय संयोजकमा खगेन्द्र न्यौपाने १९८ र पारसमणि पोखरेल १९५ मत ल्याई विजयी भए। अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी १५४ मत, उपसंयोजकमा राम सी पोखरेल १५० र महिला संयोजकमा उमा कार्की थापा १४४ मत ल्याउँदै विजयी बने। ओसेनिया क्षेत्रको संयोजकमा होमनाथ पाण्डे १०५ मत र उपसंयोजकमा नवीन कँडेल १०७ मत ल्याई विजयी भए।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular