क्यालिफोर्निया : अमेरिकाको डेभिस (क्यालिफोर्निया)मा १११ औँ लक्ष्मीजयन्ती एवं साहित्यिक भेला सम्पन्न भएको छ।
प्रमोद अमात्य, नीरञ्जन वाग्ले र महेश गौतमको संयोजन तथा अनेसास नर्थ क्यालिफोर्नियाको सहकार्यमा क्यालिफोर्निया उक्त कार्यक्रम सम्पन्न भएको हो।
नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाको पागल कविता वाचनबाट कार्यक्रम शुरु गरिएको थियो। कार्यक्रमको शुभारम्भ प्रमोद अमात्य र नीरञ्जन वाग्लेले सर्जक र सहभागीलाई स्वागत गर्दै गर्नुभएको थियो। उद्घोषण भने स्वस्तिका स्वस्तीले गर्नुभएको थियो। डेभिसमा साहित्यिक कार्यक्रम आसन, माला, खादा बिना गरिँदै आएको छ।
टीका लम्साल, अच्युत शर्मा, टीकाकुमार पुन, सुरेन्द्र वाग्ले, श्रीराम थापा, सर्वज्ञ वाग्ले, रीतादेवी प्रधान, रवीन्द्र पाण्डे, नीता नेपाली, नवराज कार्की, मणि दाहाल, महेश गौतम, कृष्णमान श्रेष्ठ, कृष्णकुमारी वाग्ले, कृष्ण गिरी, गीता बजगाईँ, गजेन्द्र अधिकारी, मोहन निरौला, दुर्गा दाहाल, दिनेश अधिकारी, विनोद पौड्याल, गीता न्यौपाने, विनोद पौडेल, बाबु आचार्य, एपी उपाध्यायले कविता, गीत, गजल, मुक्तक वाचन गर्नुभएको थियो।
यसैगरी वाग्ले, अमात्य, स्वस्ती, अञ्जना मल्ल श्रेष्ठ र अमर तामाङले रचना सुनाउनुभएको थियो। सहभागी साहित्यानुरागीले महाकवि देवकोटाप्रति साहित्यिक श्रद्धाञ्जलि प्रकट गर्नुभएको थियो। शान्त वातावरण, स्तरीय रचना, सुमधुर गायन तथा अत्यधिक मात्रामा महिलाको सहभागिता रहेको थियो।
कार्यक्रममा स्थलमा नेपाली भाषाका पुस्तक पनि विक्रीवितरणका लागि राखिएको थियो।
कार्यक्रममा नर्थ क्यारोलिना, फ्रेस्नो, सान् फ्रान्सिस्को बे-एरिया र बृहत् साक्रामेन्टो क्षेत्रका नेपालीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अन्तमा महेश गौतमले सबै सहयोगी र सहभागीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
(प्रमोद अमात्य, क्यालिफोर्निया)