याङ्गौँ : नेपाल-म्यान्मा सम्बन्ध साठी वर्ष पुगेकाे उपलक्ष्यमा म्यान्माको याङ्गौँमा आइतवार नेपाली पुस्तकालय उद्घाटन गरिएको छ। म्यान्माका लागि नेपाली राजदूत भीमकृष्ण उदासकाे पहलमा उक्त पुस्तकालय उद्घाटन गरिएको हो।
पुस्तकालय समुद्घाटनका लागि नेपालबाट आउनुभएका स्वामी केशवानन्द गिरी महाराज, राजदूत उदास, श्रीमती रञ्जना उदास, जगदम्बाश्री पुरस्कारबाट सम्मानित वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईं, कवि लक्ष्मण न्याैपाने, विश्व नेपाली साहित्य महासंघ म्यान्मा-थाइल्याण्ड समन्वय शाखाका माेहनराज खनाल, विनेसास उपाध्यक्ष प्रवीणहरि प्रधान एवं याङ्गौँ शाखा समिति, मन्दिर समिति, युवा विभाग समिति, महिला विभाग समितिका पदाधिकारी पुस्तकालय उद्घाटनका अवसरमा सहभागी हुनुहुन्थ्यो।
स्वामी केशवानन्द महाराज, राजदूत भीमकृष्ण उदास एवं ठाकुरप्रसाद गुरागाईंले संयुक्त रूपमा रिबन काटी पुस्तकालय उद्घाटन गर्नुभएको हो।
नेपाली पुस्तकालयमा नेपालका कैयाैं पुस्तक एवं म्यान्माली साहित्यकारका पुस्तक राखिएका छन्। नेपाली संस्कृतिकाे प्रचार प्रसारमा पुस्तकालयले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
माेहनराज खनाल (म्यान्मा)