होमसमाचारसंक्रमणबाट बच्न बेलायती महारानीले दरवार छोडिन्

एजेन्सी : लण्डन
बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले कोविड १९ को डरले बकिङघम राजप्रासाद छोडेकी छन्। संक्रमणबाट जोगाउन उनलाई विन्डसर क्यासल लगिएको छ।

बेलायतमा महामारीको रूप लिएको कोविड १९ को प्रकोपबाट बचाउन भनेर यो कदम चालिएको बताइएको छ। उनका पति ९८ वर्षीय फिलिपलाई पनि स्यान्ड्रिङघममा अलग्गै राख्ने तयारी भइरहेको छ। शाही परिवार निकट व्यक्तिले उक्त सूचना दिएको द सनले खुलासा गरेको छ- ‘महारानीको स्वास्थ्य ठीक छ। तैपनि उहाँलाई बकिङघम दरवारबाट अन्यत्र सार्नु उचित हो। उहाँका स्टाफ भाइरसबाट संक्रमण हुने आशंकामा त्रस्त छन् ।’

महारानीले ९४ औं जन्मदिन केही साताअघि मात्रै मनाएकी थिइन्। त्यसमा विभिन्न व्यक्तिसँग उनले भेट गरेकी थिइन्।

बकिङघम दरवारमा विश्वका विभिन्न नेताहरूलाई महारानी एलिजाबेथले स्वागत गरेकी थिइन्। त्यस्ता कैयौं नेताहरूसँग उनले कुराकानी गरेकी थिइन्। महारानीले ९४ औं जन्मदिन केही साताअघि मात्रै मनाएकी थिइन्। त्यसमा विभिन्न व्यक्तिसँग उनले भेट गरेकी थिइन्। महारानीका सल्लाहकारले कुनै नोक्सानी नहओस् भनेर अन्यत्र स्थानान्तरण गर्नुपरेको स्पष्ट पारेका छन्। बकिङघम दरवार लण्डनको मध्य भागमा रहेको छ र यहाँ काम गर्ने कर्मचारी अत्यधिक भएकाले भाइरसको संक्रमण बढी हुने आशंका गरिएको हो।

वृद्ध उमेरकी महारानीलाई भीडभाडबाट अलग राख्नु बुद्धिमानी हुने बताइएको छ।

 

‘द सन’ले राजप्रासाद सूत्रलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार दरवारमा कसैलाई पनि कोविड संक्रमण भेटिएको छैन। यद्यपि वृद्ध उमेरकी महारानीलाई भीडभाडबाट अलग राख्नु बुद्धिमानी हुने बताइएको छ। बकिङघममा ५ सय कर्मचारी छन् भने विन्डसरमा १ सय र स्यान्ड्रिङघममा दर्जन जति कर्मचारी छन्। मे र जुनमा हुने गार्डन पार्टीहरू स्थगित गरिएका छन्। ती पार्टीमा ३० हजार अतिथि सहभागी हुने अनुमान थियो। महारानी ६ जुनमा हुने एप्सम डर्बीमा पनि सहभागी नहुने अनुमान गरिएको छ। द सनले दरवारका प्रवक्तालाई उद्धृत गर्दै लेखेको छ, ‘भविष्यमा हुने समारोहमा तत्कालीन अवस्थाको समीक्षा गरिने र सल्लाह लिइनेछ।’ बेलायतमा १ हजार १४० व्यक्ति संक्रमित भएका छन् भने ३१ जनाको मृत्यु भएको छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular