होमसमाचारकोविडले स्पेनकी राजकुमारी मारियाको मृत्यु

कोविडले स्पेनकी राजकुमारी मारियाको मृत्यु

माद्रिद : स्पेनकी राजकुमारी मारिया तेरेसाको कोविडका कारण मृत्यु भएको छ। मारिया कोविड महामारीबाट ज्यान गुमाउने विश्वमै शाही परिवारकै पहिली सदस्य हुन्।

८६ वर्षीया राजकुमारी मारिया स्पेनका राजा फेलिपे छैटौँकी काकाकी छोरी दिदी हुन्। राजकुमारी मारियाका भाइ राजकुमार सिक्तो एनरिक दी बोरबोनले फेसबुकमार्फत राजकुमारीको मृत्युको जानकारी दिएका छन्। राजकुमार सिक्तोले राजकुमारी मारियाको मृत्यु फ्रान्सको राजधानी पेरिसमा भएको बताएका छन्।

८६ वर्षीया राजकुमारी मारिया स्पेनका राजा फेलिपे छैटौँकी काकाकी छोरी दिदी हुन्। शुक्रवार उनको अन्तिम संस्कार गरिएको छ।

स्पेनका राजा फेलिपे संक्रमित भएको आशंका गरी परीक्षण भइरहेका वेला राजकुमारी मारियाको मृत्यु भएको हो। यद्यपि राजा फेलिपे संक्रमित नभएको बताइएको छ। २८ जुलाई १९३३ मा जन्मिएकी राजकुमारी मारियाले फ्रान्समा अध्ययन गरेकी थिइन् र पेरिसस्थित सोरबाेनँ विश्वविद्यालयमा प्राध्यापन गरेकी थिइन्। राजकुमारी मारियाले माद्रिदको कम्प्लुतेन्से विश्वविद्यालयमा पनि प्राध्यापन गर्थिन्।

उनी स्वतन्त्र विचारका लागि परिचित थिइन्। यसैकारण उनलाई लाल राजकुमारी पनि भनिन्थ्यो। शुक्रवार स्पेनको माद्रिदमा उनको अन्तिम संस्कार गरिएको छ। यसैगरी बेलायतका राजकुमार चार्ल्स पनि कोविडबाट संक्रमित छन्। हाल राजकुमार चार्ल्स क्वारेन्टाइनमा बसेका छन्। -एजेन्सी

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

error: Content is protected !!