होमसमाचारॐ शिवपुरी बचत तथा ऋण सहकारीको साधारणसभा

काठमाडौँ : तारकेश्वर–२ स्थित ॐ शिवपुरी बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं वार्षिक साधारणसभा सम्पन्न
भएको छ।

शनिवार कार्यक्रमबीच राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती (कृष्णबहादुर उप्रेती)को प्रमुख आतिथ्य र संस्थाका सञ्चालक समितिका अध्यक्ष रवीन्द्र के.सी.को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीले सहकारीको अर्थ आपसमा सहकार्य हो भन्ने बताए। संस्थाका अध्यक्ष के.सी.ले व्यवस्थापकीय प्रतिवेदन प्रस्तुत गर्दै गत आ.व. भन्दा चालू आ.व. मा १७.५७ प्रतिशतले शेयरपूँजी वृद्धि भएको जानकारी दिए।

यसैगरी उपाध्यक्ष सुमन फुँयालले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको स्थायित्वको सुनिश्चित आधारशिलाका लागि भवन निर्माणको कार्य जारी रहेको बताए।

संस्थाका कोषाध्यक्ष वसन्त शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आम्दानी आ.व. २०७७।०७८ मा पौने ४ करोड रहेको र आ.व. २०७८।०७९ मा पौने ६ करोड पुर्‍याउने लक्ष्य रहेको बताए।

ग्रामीण भेगमा रहेका विपन्न व्यक्तिको आर्थिक समृद्धिमा टेवा पुर्‍याएको उप्रेतीले चर्चा गरे। सभामा विभिन्न बचत तथा ऋण कारोबारमा उत्कृष्ट हुने सदस्य लगायत विद्यार्थी तथा कर्मचारीलाई सम्मान गरिएको थियो।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular